‘तिमी नै’ भन्दै आए नवीन के भट्टराई (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७५, बुधबार

काठमाडौं । लामो समयपछि गायक नबिन के भट्टराई नयाँ गीतमार्फत् आएका छन् । स्रोताहरुको अपार मायासँगै लामो समयको अन्तरालमा गायक भट्टराईको नयाँ गीत ‘तिमी नै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमभाव बोल्ने गीतमा संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिन्छ। गीतलाई फुर्सद टिभीले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो।

गीतमा सरद राज मैनालीको संगीत र शब्द रहेको छ भने भिडियोलाई उनि आफैले निर्देशन गरेका छन्।
प्रभु पे र न्यु एज म्युजिकको सहयोगमा रुपा मैनालीद्वारा निर्माण भएको उक्त भिडियोलाई युयुस ढकालले खिचेका छन् भने युबराज खत्रीले सम्पादन गरेका छन्।

अर्जुन पन्तको “कस्तो लोकतन्त्र ”सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु