नागेन्द्र थापालाई राष्ट्रिय स्रष्टा सम्मान

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७६, आईतवार

काठमाडौं । प्रतिष्ठीत गीतकार नगेन्द्र थापालाई नगद राशि एक लाख एक रुपैयाँ राष्ट्रिय श्रस्टा सम्मान – २०७५ द्वारा सम्मानित गरिएको छ । गीतकार संघ नेपालले हरेक वर्ष एक कार्यक्रमको आयोजना गरी स्रष्टाहरुलाई राष्ट्रिय सम्मान प्रदान गर्दै आएकोमा यस वर्षको सम्मान प्रतिष्ठित गीतकार थापालाई प्रदान गरेको हो ।
त्यसैगरी हङकङमा रहेका गीतकार रामकृष्ण बान्तवालाई नगद राशि एघार हजार रुपैयाँ सहित डायस्पोरा श्रस्टा सम्मान – २०७५बाट सम्मान गरिएको छ । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई योगदान पु¥याएवापत डायस्पोरा सम्मानबाट वान्तवालाई सम्मान गरिएको हो ।

 


त्यस्तै यस वर्षको वर्ष गीत पुरस्कारबाट हाङयुग अज्ञात र डीआर उपाध्यायलाई प्रदान गरिएको छ । वर्षगीत पुरस्कारमा ५१ हजार राशिलाई पछिल्लो समय आधा–आधा हुने गरी दुई जनालाई दिइने गरिएको छ ।

त्यस्तै बर्ष गीति पुस्तक –२०७५बाट गौरव गुरुङ र उर्मिला कोइरालालाई सयुक्त रूपमा एकाउन्न हजार राशित सहितको पुरस्कार दिइएको छ । उनीहरुले पनि ५१ हजार राशिबाट आधा–आधा हिस्सा प्राप्त गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु