शब्द, स्वर र संगीतको उत्कृष्ट तालमेल भएको गीत ‘नघोच यो छाती’

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं । गायक नारायण थापाको स्वरमा रहेको ‘नघोच यो छाती’ गीतको सार्वजनिक भएको छ । अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ । त्यस्तै चाँद सिंहको सङ्गीत संयोजन, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ । शब्द, स्वर र संगीतको उत्कृष्ट तालमेल भएको पाइन्छ ।

मर्मश्पर्शी गीतको भिडियोमा जीवन शाहीको निर्देशन, उत्तम हुमगाईंको छायाँकन र दिन्सन शाहको सम्पादन छ ।

भिडियोमा आमेश भण्डारी, कमल सिंह, प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोलाई आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु