‘पिपलु’ मा अस्मिता र नाजिरको रोमान्स

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

काठमाडौंँ । गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । अर्जुन थापाको शब्द तथा संगीत रहेको गीतको रोमान्टिक शैलीमा भिडियो पनि बनेको छ ।

नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको भिडियो यी दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु