‘असन बजारमा’ बाट नलिनाको कमब्याक

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७८, बुधबार

अमेरिका । चर्चित नेपाली पप गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको डान्सिङ नम्बरको गीत सार्वजनिक भएको छ ।
झण्डै ६ वर्ष पछि गायिका नलिना चित्रकार ‘असन बजारमा’ बोलको गीतबाट कमब्याक भएकी छिन् ।

नवोदित गायक बेद बस्नेतले मेल भ्वाइसमा उनलाई साथ दिएका छन् । क्यालिफोर्नियाको सानफ्रान्सिसको सहरमा बस्दै आएकी गायिका नलिना चित्रकारको यो गीत ओएसआर डिजिटलको आधिकारिक युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।

अमेरिकामा र नेपालमा छायाङकन भएको गीतमा अशिष्मा नकर्मी, उषा उप्रेती नारायन प्रधान र कमला साउदले अभिनय गरेका छन् । भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन ।

डिपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीत गीतमा रहेको छ । भिडियोलाई रामेश्वर कार्की र उत्सव दाहालले खिचेका हुन । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

पप गायिका नलिना चित्रकारका पानी पानी भयो मेरो मन, गोरी काली सानी मोरी, तिम्रो अधर तिम्रो नजर, चाहिदैन हिरा मोती, मेहन्दी लगाउन लगायतका दर्जन भन्दा बढी गीत हिट छन् ।

सिनेमा, आधुनिक तथा पप गरी गायिका चित्रकारले २ सय भन्दा बढी गीत गाइसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु