‘जाइरा’ कोे ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

काठमाडौं । भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘जाइरा’ को टे«लर सार्वजनिक भएको छ । निर्माण टिमले राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरेको हो ।

नम्रता श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । अफिसर पुलिसको भूमिकामा अनुपविक्रमा शाही देखिएका छन् भने बदलाको कथा प्रस्तुत गर्ने चलचित्रमा नम्रतासहित अनुपविक्रम र प्रोमोद अग्रहरी मुख्य भूमिकामा छन् । उक्त चलचित्रमा आषुतोश श्रेष्ठले डेब्यु निर्देशन रहेको छ । चलचित्रमा सुजिता श्रेष्ठ, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठको समेत अभिनय छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने उक्त चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु