• चेलीलाई ‘डेब्यु’ गराउँदै गायक तथा सङ्गीतकार प्रेमीले ल्याए ‘तिमी नै हौ सास मेरो’

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

    काठमाडौं । लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमी र गायिका आईस्मा मगरको स्वरमा ‘तिमी नै हौ सास मेरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीत साधक नरहरि आईस्माका सङ्गीत गुरु हुन् । गुरु नरहरिकै शब्द र सङ्गीत रहेको सो गीत आईस्माको जीवनकै पहिलो गीत हो ।
    लोक शैलीमा पप आधुनिक फ्यूजन गरिएको यस गीतमा आईस्माको स्वर पनि उतिकै मीठास सुनिएको छ ।

    गीतमा सङ्गीत संयोजकको भूमिका सञ्जय हमालले निभाएका छन् । वरिष्ठ सङ्गीतकर्मीहरुको वरिष्ठत़ा गीतका वाद्यवादनहरुको सललल बगेको सुमधुर सुरम्यताबाट प्रष्ट झल्केको महसुस गर्न सकिन्छ । हुन त गोविन्द सोनीको मिक्सिङ र माष्टरिङको कुशलताले पनि सुनमा सुगन्ध थपेको हुन सक्छ । रेकर्डिस्ट अजय देव अधिकारीको रेकर्डिङ् रहेको ‘तिमी नै हौ सास मेरो’ गीत ‘ए लेभल’स्टुडियोमा रेकर्ड गरिएको हो ।

    सरल खालको भिडिओ भएता पनि आफ्नो सम्पादन कलाले सिंगार पटार गरेर सुन्दर बनाउने कार्य गरेका छन् राजकुमारले । श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यो म्युजिक भिडिओ नरहरी प्रेमी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु