नारायण र रश्मीको मायामा रापती नदी

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७२, सोमबार

काठमाडौं । म्यूजिक भिडियोमा निर्देशक र मोडलको परिचय बनाउँदै गरेका नारायण ढकाल र पछिल्लो समय मोडलिङमा राज गरिरहेकी रश्मी तामाङलाई हेर्दा लाग्यो यिनीहरुलाई यतिबेला नेपालीत्वको भावना जागेको रहेछ । दौरा सुरुवाल र फरिया चोलीमा सजिएर गाउँको आँगनमा नाचिरहेका यी दुईलाई अहिलेको परिस्थितिले नेपालीको संस्कृतिप्रति आकर्षित गराएको हो की भन्ने देखिन्छ । तर जे भए पनि नेपाली कल्चरकै माया गरिरहेका यी दुईले म्यूजिक भिडियोको रापती नदी बोलको गीतमा पनि माया प्रेमकै कुरा गरेका छन् ।
प्रकाश भट्टको निर्देशनमा तयार परिएको रापती नदी बोलको गीतको म्यूजिक भिडियोमा नारायण ढकाल, रश्मी तामाङ र सुधा देवकोटाको मोडलिङ रहेको छ । मिदास गौतमको शब्दमा सजिएको यो गीतलाई श्रीदेवी देवकोटा र जय देवकोटाले स्वर दिएका छन् । जय देवकोटाको लय रहेको यो गीत अब छिट्टै बजारमा आउने तयारीमा रहेको छ ।

20151030_164831 20151030_164823 20151030_170916

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु