• प्रकाश भट्टको निर्देशनमा नारायण ढकाल र सगुन शाहीको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ५ माघ २०७०, आईतवार

    काठमाडांै । मोडलिङको दुनियाँमा छाइरहेकी सुगनले गोदाबरीमा एककासी लगाएको लुगा उठाउन थालिन् त्यो देखेर सबैले भन्न लागे ‘के देखाउन खोजेकी होलिन् सुगनले ?’ आखिर एउटा केटीको लुगा थोरै माथि सरेको देखेपछि सबैको लोभी नजर उतै लाग्ने नै भयो क्यारे । माघ महिना शनिबारको दिन अब पानी सिम सिम परिरहेको थियो गोदाबरीको पार्कमा घुम्नेहरुको ठूलै भीड पनि थियो । सगुनले गाउन उचाल्दै गर्दा नजिकै रहेका निर्देशक र मोडल त दङ पर्ने नै भए तर क्यामेराबाट हेर्दै गरेका दुर्गा पौडेल क्यामेरा नै छाडेर भाग्न पो लागे ।
    शनिबार गोदाबरी पार्कमा भइरहेको लोकदोहोरी म्यूजिक भिडियो सुटिङ क्रममा भएका केही दृश्य हेर्दा गीतले मागेको दृश्य अनुसार उनीहरु लागिपरिरहेकै थिए । कहिले गोदाबरीको फूल बगैंचा होस् कहिले तलाउ वा जंगल तिर । सगुन र नारायणको लभस्टोरी चलेकै थियो । पहिले भन्छन् विहे गरुँ विहे गरुँ पछि भन्छन् के गरुँ के गरुँ भन्दै सगुन शाही र नारायण ढकालको सुटिङ चलिरहँदा म्यूजिक भिडियोको सुटिङ हेर्नेभन्दा गीत सुनेर दङ्ग पर्नेहरु धेरै थिए ।
    निर्देशक प्रकाश भट्ट एक्सन कट भनिरहँदा सगुनको एउटा दृश्यले सबैको मन आकर्षित गरेकै थियो । एकनारायण भण्डारीको शब्द र लयमा रहेको लोकदोहोरी गीत तमसुक लेखिन्छमा स्वर भने कुलेन्द्र वि.क. र पूर्णकला बिसीको रहेको छ । कविना म्यूजिक प्रालिले बजारमा ल्याउन लागेको उक्त म्यूजिक भिडियोमा दुर्गा पौडलको क्यामेरा, विष्णु शर्माको सम्पादन, रोशन बस्यालको मेकअप रहेको छ ।

    sagun-narayan-Prakash bhatta

    sagun-narayan-Prakash bhatta2

    sagun-narayan-Prakash bhatta1

    sagun-narayan

    sagun-narayan-3

    sagun-narayan-2

    sagun-narayan-1

    sagun-narayan2

    narayan_sagun shahi

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु