• टुहुरा बालबालिकालाई सहयोग गर्दै ढुकढुकी सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३१ भाद्र २०७५, आईतवार

    १ असोज, काठमाडौं । गीतकार नारायण खतिवडाद्वारा लिखित गीतहरुको संग्रह ढुकढुकी सार्वजनिक भएको छ । सितापाइलास्थित पुनर्ब होममा आश्रित रहेका टुहुरा बालबालिकालाई सहयोग गर्दै गीतकार खतिवडाले गीतिसंग्रह ढुकढुकी सार्वजनिक गरेका हुन् ।  बुबाआमाको मृत्यु भएर टुहुरा भएका बालबालिका जम्मा गरेर पठनपाठन र उनीहरुको भविश्यको खोजीमा जुटेको संस्था पुनर्बल होममा सानो भए पनि आर्थिक सहयोग गरेर गीतहरुलाई सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ, गीतकार खतिवडाले भने । ठूलो विमोचन कार्यक्रम गर्नुभन्दा सामाजिक सेवामा समर्पित हुनु सबैभन्दा ठूलो कर्तव्य भएको बुझें त्यसैले यहाँसम्म आइपुगें उनले भने ।


    कार्यक्रममा गीतकार राम अबिरल र पत्रकार सुमन पण्डितको उपस्थिति रहेको थियो । पुनर्बल होममा करिब ३५ जनाभन्दा बढी बालबालिका अध्ययन गरिरहेका छन् । थोरै थोरै रकम जुटाएर पीडित बालबालिकाको भविश्य खोजिरहेका छौं, पुनर्बल होमका संचालकमध्येका एक महेश श्रेष्ठले भने– सुदूरपश्चिमका बालबालिका बढी टुहुरा रहेको भेटिएको छ । अहिले पनि बालबच्चहरु आउनेक्रम जारी छ ।


    ढुकढुकी एल्बमभित्र स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता गीतहरु समावेश गरिएको छ । जसमा शिलाबहादुर मोक्तान, धनबहादुर खड्का, मशेह खड्का, आलोक श्री, ईश्वर अमात्य, दिपक शर्माको संगीत रहेको छ भने कुन्ती मोक्तान, मेलिना राई, शुभराज, दिपानारायण झा, मदनसिंह नेपाली, सहिमा श्रेष्ठको स्वर रहेको छ । एल्बमलाई नमस्ते नेपाल डिजिटल स्टुडियोले सार्वजनिक गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु