रुचाइयो ‘आउन ओर ओर’, युट्युवमा अधिक तारिफयुक्त कमेन्ट !

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं । नरेश खाती र मेक्सम खाती नेपाली सांगीतिक बृत्तमा रुचाइएका दाजु भाइ हुन् । उनीहरुको सिर्जना कहिले आउला भनेर दर्शक श्रोताले प्रतिक्षा गरिरहेका हुन्छन र जब सिर्जना सार्वजनिक गर्छन् उल्लेखित माया पनि पाउँछन् ।

यस्तै पछिल्लो समयमा यी दुई दाजुभाईको सहकार्यमा सार्वजनिक भएको ‘आउन ओर ओर’ लाई पनि रुचाइदिएका छन् । खाती दाजुभाईलाई मिस गरेको र राम्रो सिर्जना सार्वजनकि भएको भन्दै युट्युवमा तारिफयुक्त कमेन्ट आएका छन् । गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका समिक्षा अधिकारी र मेक्सम खातीले स्वर दिएका छन् । गीतमा नरेश खाती क्षेत्रीको शब्द र लय रहेको छ ।

मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको भिडियोमा प्रेमी प्रेमिकाको कहानीको यथार्थ पक्ष देखाइएको छ । चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मेक्सम खाती र ट्वीनी गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । प्रकाश खड्काले छायांकन गरेको गीतको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु