लवकुमार भट्टको अगुवाईमा नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो ।

समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युवा जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने’ भन्दै समाजले आफ्नै गाउँछिमेकमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग प्रदान गरेको हो । गोरखा नगरपालिका ३ वडा कार्यालय नारेश्वरका अध्यक्ष राम बहादुर बाेगटी र स्थानीय जनप्रतिनिधिको सिफारिसमा गाउँमा रहेका असक्त, एकल महिला, गरीब बृद्धबृद्धा र बालबालिकाहरुलाई सहयोग प्रदान गरिएको थियो । नारेश्वरका युवाहरुको अभियान अन्तर्गत गाउँबाट नै यो अभियानको सुरुवात भएको अभियानका संयोजक सुवास थापाले बताए ।

कार्यक्रममा गाेनपा ३ नंं वडा अध्यक्ष राम बहादुर बाेगटीले नारेश्वरका युवा समाजका युवाहरुकाे सहयाेग अतुलनीय रहेकाे भन्दै समाजले प्रदान गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । बाेगटीले गाउँका गरीबहरुकाे छाक टार्न केही सहयोग मिलेकाे र काेराेनाबाट पीडितहरुलाई स्वास्थ्य सामग्रीले राहत मिलेने विश्वास व्यक्त गरे ।

त्यसैगरी नारेश्वर हेल्थ पाेस्ट प्रमुख अमृता श्रेष्ठले समाजले गरेकाे सहयोग काेराेना पीडितका लागि समान तरिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा २३ थान अक्साेमिटर, २३ थान थर्माेमिटर, १८० लिटर सेनिटाइजर, १४ हजार थान मास्क, १० थान पिपिइ, भिटामिन सी, जिंक काेभिड, डक्ससाइट क्लिन ३०० जनालाई पुग्ने स्वास्थ्य सामग्री बितरण गरिएको थियोे । घलाङ शहरी स्वस्थ्य केन्द्र र नारेश्वर स्वास्थ्य चाैकी लगायत प्रत्येक टाेलमा स्वास्थ्य सामग्री बितरण गरिएको थियाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु