गिरी, शर्मा, काफ्ले र अधिकारीलाई ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’, घर्तीलाई ‘लोक संगीत पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७९, मंगलवार

काठमाडौं । संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म स्मृति दिवसको अवसर पारेर कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा, सर्जक र सञ्चारकर्मीहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको आयोजनामा सोमबार सम्पन्न एक कार्यक्रममा संगीतकर्मी र पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने घोषणा गरेको हो ।

सो अनुसार नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तर्फ नातिकाजी स्मृति समाजले मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई दिइने घोषणा गरिएको छ ।

यसैगरी यो वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई प्रदान गरिने छ।

यसैगरी संगीत गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रदान प्रदान गरिने छ भने ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ देवी घर्तीलाई दिइने घोषणा गरिएको छ ।

यसैगरि सञ्चारकर्मी कुबेर गिरीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु