राष्ट्रकविलाई नातिकाजी स्मृति अभिनन्दन ! विभिन्न स्रष्टालाई सम्मान र पुरस्कार !

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७५, मंगलवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’ले अभिनन्दन गरेको छ । नातिकाजीको ९३औँ जन्म जयन्तीको अवसर पारेर शनिबार उनकै घरको प्राङ्गनमा ५० हजार रुपैयाँ नगदसहित राष्ट्रकवि घिमिरेलाई समाजका तर्फबाट नातिकाजी स्मृति अभिनन्दन बाट अभिनन्दित गरिएको हो ।
नातिकाजी र राष्ट्रकविको सांगीतिक यात्राले नेपाली संगीत क्षेत्रले उत्कृष्ट सृजना पाएकाले राष्ट्रकविलाई नातिकाजी स्मृति अभिनन्दन गरिएको कार्यक्रममा जानकारी गराईयो । सोही कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट अग्रज लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो ।

यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायन तर्फ अग्रज गायक एबम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई र अग्रज गायक रामप्रसाद ९प्रसाद० श्रेष्ठलाई सम्मान गरियो । यही सम्मान गीतकार तर्फ बरिष्ट चिकित्सक गीतकार द्धय डा। भोला रिजाल र डा। अरुण सायमीलाईसम्मानित गरियो ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकारतर्फ अग्रज गीतकार सुवासचन्द्र ढुँगेल, गायक तथा संगीततर्फ गायिका एवं राष्ट्रियसभाकी सांसद कोमल ओली र चर्चित गायक राजेशपायल राईलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४ बाट संगीततर्फ स्व। रमेश ताम्राकारलाई र पत्रकारितातर्फ बरिष्ट पत्रकार एवं कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई सम्मानित गरिएका छ ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीततर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवं संगीतकार लक्ष्मण शेष ९बिडारी०, गायकतर्फको अवार्ड युवा गायक प्रमोद खरेललाई र गायिकातर्फ अवार्ड मीना निरौला पोखरेललाई प्रदान गरिएको छ । यी तीन जना श्रष्टालाई जनही ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्रबाट पुरस्कृत गरिएको थियो ।


नातिकाजी स्मृति समाजलाई निरन्तर सहयोग पु¥याउनेहरु मध्यबाट यसपटक सुरुँगा झापाका शिक्षासेवी द्विराज शर्मा शिवाकोटीलाई सम्मानित गरियो । दिवंगत अग्रज संगीतकार नातिकाजीको ९२औँ जन्मजयन्तीको अबसर पारेर गतवर्ष घोषणा गरिएको यो सम्मान र पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेले समारोहमा प्रदान गरे ।

राष्ट्रकवि घिमिरेले नातिकाजी जस्ता अजर श्रष्टाको सम्झनामा स्थापित नातिकाजी स्मृति समाजबाट अभिनन्ति हुँदा निकै खुसी लागेको बताए । नातिकाजीसँग बिगतमा बिताएका क्षणहरुको स्मरण गर्दै आफ्ना गीतहरुमा निकै कर्णप्रिय संगीत भरेर ती गीतलाई नातिकाजीले नै उत्कृष्ट बनाएको बताए ।

सम्मानित श्रष्टाहरु मध्यबाट कार्यक्रममा बोल्दै गीतकार डा। भोला रिजालले नेपाली संगीतको विकाशमा नातिकाजीको उल्लेख्य योगदान रहेको र उनको स्मृतिमा स्थापित सम्मान एवम् पुरस्कार आफुहरुले प्राप्त गर्दा अझ गर्व बढेको बताए । राष्ट्रकविको हातबाट यस्तो गरिमामय पुरस्कार पाउँदा झनै खुखी लगेको छ भने ।

नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा आ आफ्नो क्षेत्रबाट विशिष योगदान पु¥याएको कारण सम्बन्धित श्रष्टालाई यी सम्मान एवम् पुरस्कार प्रदान गरेका हौं भने । उनले सम्मानित तथा पुरस्कृत श्रष्टाहरुको बारेमा पनि कार्यक्रममा प्रकाश पारे ।

 

‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ सम्पन्न ! खुमन र देबि उत्कृष्ट गायक गायिका (सूचि सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु