‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ सम्पन्न ! खुमन र देबि उत्कृष्ट गायक गायिका (सूचि सहित)

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा ‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ सम्पन्न भएको छ । यस वर्ष गायक खुमन अधिकारी र गायिका देबि घर्तिले उत्कृष्ट गायक गायिका अवार्ड चुम्न सफल भएका छन् । खुमनले ‘नभनन नाईं नाईं’ बोलको गीतबाट अवार्ड चुमे भने देबिले खोलीको किनारा गीतबाट अवार्ड चुमेकी हुन् ।

उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा अमर बिरही गुरुङ्ग, प्रजापती पराजुली, नारायण रायमाझी, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, रमेशबाबु श्रेष्ठ, राजन लम्साल, पृथ्वी थाकाली, कुमार बस्नेत, जीवन शर्मा, ऋषि अधिकारी, बिमा कुमारी दुरा, सीता थापा, लक्ष्मि न्यौपाने, राजन कुमार हुमागाई, एसपी सापकोटा, बिराज थापा, शशी शर्मा मजगैया लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सूचि :

लाईफ टाईम अचिपमेन्ट अवार्ड: अमर बिरही गुरुङ्ग
सदाबहार लोकगीत सम्मान : माया गुरुङ्ग (गाउँ शहरमा)
दशकका श्रष्टा सम्मान: ईन्द्र जिसी
लोक पत्रकारिता सम्मान: नरहरी न्यौपाने
म्युजिक भिडियो मेकअप सम्मान: आङ्ग दोर्जे शेर्पा
म्युजिक भिडियो कोरस सम्मान: देवराज सापकोटा
पब्लिक च्वाईस अवार्ड: रश्मि तामाङ्ग
जुरि निर्णाक अवार्ड: महेन्द्र गौतम
सर्वोत्कृष्ट राष्ट्रियभाव गीत: तराई पहाड (कला लम्साल)

एल्बम: छिन छिन बज्ने चुरा (सम्झना भण्डारी)
परम्परागत गीत: यानीमाया (तिर्सना घर्ति)
लोक गीत: ज्याक्दी रयाले (राजु गुरुङ्ग)
लोक दोहोरी शब्द: रबिन लामिछाने
लोक दोहोरी लय: नरेश खाती

लोक दोहोरी गायक: खुमन अधिकारी
लोक दोहोरी गायिका: देवी घर्ती
लोक दोहोरी नव गायक: खेम सेन्चुरी
लोक दोहोरी नव गायिका: भिमु गुरुङ्ग
लोक दोहोरी भिडियो निर्देशक: मौसम हिमाली

लोक दोहोरी नायक (अभिनय): प्रेम थापा
लोक दोहोरी नायिका (अभिनय): सारिका के.सी
लोक दोहोरी नायक(नृत्य): शंकर बि.सी
लोक दोहोरी नायिका(नृत्य): करिष्मा ढकाल
लोक दोहोरी भिडियो छायांकन: करन चैसीर
लोक दोहोरी भिडियो सम्पादन: प्रविन भट्ट
लोक दोहोरी रेकर्डिष्ट: सुमन राना
लोक दोहोरी ध्वनि मिक्सिङ्ग: सञ्जय श्रीपाल
लोक दोहोरी संगीत संयोजन: कृष्ण बि.क

दोहोरी सांझ गायक: मदन परियार
दोहोरी सांझ गायिका: रञ्जिता थापा
दोहोरी सांझ बाद्दबादक: प्रीतम थापा
लोक दोहोरी प्रतियोगी गायक: अर्जुन खड्का
लोक दोहोरी प्रतियोगी गायिका: डिला बि.क
SMS च्वाईस अवार्ड: दुर्गा पौडेल

‘पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड’ कार्यक्रममा प्रीती आले, प्रकाश सपूत, शान्तीश्री परियारले संचालन गरेका थिए । कार्यक्रमको बिच बिचमा गायन तथा नृत्य प्रस्तुतिहरु राखिएको थियो। उक्त अवार्ड कार्यक्रममा चर्चित गायक कुलेन्द्र बिकलाई “सालको पात टपरी” गीत युटुबमा सर्वाधिक हेरिएको भनी सम्मान पनि गरिएको थियो ।

 

गायक सुदिप निउरेको आवाजमा पञ्चेबाजा गीत “घुम्टो सिरैको ” हेर्नुहोस भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु