
काठमाडौं । सांस्कृतिक समाज नेपालकाे आयोजनामा अन्तर दाेहाेरी साँझ स्तरीय “राष्ट्रिय दाेहाेरीगीत आइडल – २०८२” हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयाेजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा आयोजना हुने यस दाेहाेरी आइडल दाेहाेरी गीत प्रतियाेगिता प्रिमियर लिगकाे पहिलो चरणकाे कार्यक्रम समेत भएको कार्यक्रमका संयाेजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दाेहाेरी प्रतियोगितामा सहभागी हुनेले एक दाेहाेरी साँझबाट एक- एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए । सहभागी हुनेले दाैरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयाेजक शर्माले बताए ।
कार्यक्रमकाे मुख्य प्रायाेजक बिबिटिएम फाउन्डेसन रहेकाे छ । फाइनल कार्यक्रम नगरकाेटमा सम्पन्न गरिने संयाेजक शर्माले बताउँदै चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएकाे बताए । राष्ट्रिय दाेहाेरीगीत आइडल विजेताले ३३३३३ नगद र माेटरसाइकल प्राप्त गर्नेछन् भने दाेस्राे हुनेले २२२२२ नगद सहित स्कुटर पाउनेछन् ।
सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीकाे सभापतित्वमा आयाेजना भएकाे कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जाेशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दाेहाेरीगीत आइडल आयाेजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षाैं बहस गरेका कुरा दाेहाेरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जाेशीले बताए ।
कार्यक्रममा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, वरिष्ठ पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थित रहेको थियोे । कार्यक्रमकाे संचालन गायक अमृत खातीले
गरेका थिए ।