• परिष्कृतको राष्ट्रभावले ओतप्रोत गीत ‘किन हुँदैन’ मा संगीता र सुगमको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७९, बुधबार

    प्रयास गरौं, परिश्रम गरौं, लगन लगाऊँ, अध्यन गरौं।
    यो देशका युबा एकै भयर, सम्भाबनाको सारथी बनौँ ।

    माथिका शब्द गायिका संगीता प्रधान र गायक सुगम पोखरेल को नयाँ गीत ‘किन हुँदैन !’ को हो । सहास शाक्यको संगीत तथा संगीत संयोजन रहेको गीतको शब्द चन्द्र प्रसाई ‘परिष्कृत’ ले कोरेका हुन् ।

    गीत राष्ट्रिय भावनाले भरिएको छ । गीतको मुल मन्त्र भनेको स्वदेश वा बिदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्यो भने देशमै सबै संम्भव भएको भावना ब्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागी एकतामा अडेको दिगो बिकास आवस्यक रहेको गीतमा भनिएकोछ ।

    मुकम करोति वाचालम पंगुमलँगएते गिरिम।
    यत कृपा तम हम वन्दे परमानन्द माधवम ।

    गीत, निकै मार्मिक यो माथीको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन्, र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सिता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुरी र सम्पादन नबिन निरौलाले गरेका हुन् । भिडियोको प्रोडक्शन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाई रहेकी छन् ।

    भिडियोमा देशको गौरवको रुपमा रहेको बिभिन्न कलासंस्कृति समेत प्रस्तुत गरिएको छ । गीत, गीतकार संघ नेपालका आजिबन सदस्य गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो । एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता र गजल लेख्ने तथा गुनगुनाउने गर्दथे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु