• ग्लोबल फिल्म डेको अवसरमा ‘फिल्ममा महिला’ विषयमा अन्तरक्रिया

    म्यूजिक खबर
    प्रकाशित: ३० माघ २०८१, बुधबार

    काठमाडौं । ग्लोबल फिल्म डेको अवसरमा मंगलबार राजधानीमा ‘फिल्ममा महिला’ विषयमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
    ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक रक्षा सिंह राणा, निर्देशक एवं कोरियोग्राफर रेनेशा वान्तवा राई र नेपालकै एकमात्र महिला फिल्म वितरक जेनिश पहारी वक्ता थिए । ग्लोबल कम्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहको सहजीकरणमा सम्पन्न कार्यक्रममा एसियाककै पहिलो महिला टेम्पो चालक, उद्योगपती एवम समाजसेवी लक्ष्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । अभिनेत्री बसुन्धरा भूसाल आफ्नो पहिलो फिल्म आमादेखि पछिल्लो बेहुली फ्रम मेघौलीसम्म आउदाका चुनौती र अवसरबारे खुलिन् । ‘‘मैले पहिलो फिल्म नै कलकत्तामा गएर शुटिङ गर्ने मौका पाएँ र त्यहाँको स्टुडीयोमा हिन्दी फिल्मका कलाकारहरुको अभिनय देखेर पनि अभिनयबारे केहि बुझ्ने मौका पाएँ । फिल्म क्षेत्रमा काम गर्दा घर परिवार र समाजकै आलोचनाको पात्र बन्न पुगेँ । आमाले निकै पिट्नुभयो । बाटोमा हिङ्दा पनि मानिसहरु नक्कली भनेर जिस्काउ“थे तर पछि थाहा पाए त्यो त दर्शकहरुले प्रशंसा गर्नुभएको रहेछ’ भुषालले सुनाइन् ‘समयसँगै फिल्म क्षेत्रप्रति मानिसहरुको दृष्टिकोण परिवर्तन भएको छ । हामीले आफू बिक्ने भन्दा पनि आफ्नो काम बिकाउने हो ।’ बसुन्धराले आफ्नो सुरुवाती दिनमा भन्दा अहिले पारिश्रमीकमा कटौती गर्न थालिएको खुलाइन् । ‘मैले हास्य कलाकारको रुपमा अभिनय सुरु गरेको त्यो बेला सरकारी तवरबाटै फिल्म बन्ने भएकाले रोल नुसार राम्रो परिश्रमिक दिइन्थ्यो । जब प्राईभेट सेक्टरबाट फिल्म बन्न थाले, निर्माताहरुले पारिश्रमीकमा बार्गेनिङ गर्न थाल्नुभयो । कतिपय फिल्ममा त मैले पारिश्रमिक यस्तो कम दिने भए बरु आमाको रोल नै नराख्नु पनि भनेकी छु’ उनले भनिन् ।

    सम्पादक तथा निर्देशक रक्षा सिंह राणाले फिल्म क्षेत्रमा महिलाका लागि निकै अवसर रहेको र त्यसको लागि आफ्नो क्षमता चिनेर र मेहनतका साथ अघि बढ्नुपर्ने बताईन् । ‘‘नेपालमा विद्यालयमा कम्प्युटर शिक्षा सुरु हुँदाको पहिलो ब्याच म थिएँ । मलाई क्म्प्युटरमा रुचि भएकाले फिल्म एडिटीङतिर गएँ । मैले कुनै बेला १८ घण्टासम्म काम गरेको छु’ रक्षाले आफ्नो करिअरको एक घटना सम्झदै भनिन् ‘एउटा एक्शन फिल्म सम्पादन गर्दै थिएँ । नाम चलेकै द्धन्द निर्देशक आउनुभयो र नेवारीमा महिला सम्पादकले हुदैन सम्पादक चेन्ज गर्नु प¥र्यो भन्नु भयो । मैले यो मेरो प्रोजेक्ट हो, मै गर्छु भनेर अडान लिएँ । पछि उहाँले बाहिर गएर रक्षाले राम्रो काम गर्दो रहेछ कसैको सम्पादनको काम छ भने उसंग गराउनु भन्नु भएछ ।’ कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राइले आफूले कक्षा १२ पछि कलिलै उमेरमा नृत्य निर्देशन यात्रा तय गरेको र करिव डेढ दशकको करिअरमा आफ्नो मेहनत र सिकाईले फिल्म निर्देशनमा समेत काम गरेको बतँइन् । ‘म जति बेला म्युजिक भिडियो कोरियोग्राफीमा आए‘, त्यति बेला टिममा सबैजना पुरुष हुन्थे । मैले एक्शन भन्दा पनि नसुने जस्तो गर्थे । म सानो भएकोेले टेदैन थिए । त्यसैले आफू बोल्ड देखिन त्यस्तै पहिरन र मेक अप अनि त्यस्तै बोल्ड व्यवाहर गर्थें उनले सल्लाह दिइन् ‘अहिलेका भाईबहिनी मलाई सबै कुरा आउ‘छ भन्ने सोच राख्नुहुन्छ । तर फिल्म क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा हुन्छन् । मोबाइलबाट भिडियो खिचेर एडिट गरेर सामाजिक सञ्जालमा हालेको जस्तो सजिलो पनि छैन फिल्म क्षेत्र ।’

    त्यस्तै फिल्म वितरक जेनिश पहारीले फिल्म वितरणका विभिन्न चरणबारे जानकारी दिदै फिल्म क्षेत्रमा वितरकको चुनौती र अवसरबारे बताइन् । ‘यहाँ विभिन्न खालका चुनौती छन् र काम गर्दै जाँदा आउने समस्यालाई कसरी पार गर्ने भन्नेबारे पहिले नै सोच्नुपर्छ । फिल्मका अन्य विधामा महिलाहरुको बाक्लो उपस्थिति रहे पनि वितरणमा त्यस्तो छैन । त्यसैले मिटिङहरुमा पनि म प्राय एक्लै हुन्छु । तर पनि म आफ््नो उदेश्यअनुरुप काम गर्दै आएकी छु’ उनको भनाई थियो । जेनिशले अहिले पनि फिल्म क्षेत्रमा महिला नजाओस भन्ने समाज र घर परिवारको मान्यता रहेको र त्यसलाई हटाउनुपर्ने बताईन् ।
    विभिन्न स्कुल र कलेजका विद्यार्थी तथा फिल्मकर्मी र व्यवसायीको संलग्नतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बटरप्mलाई फिल्म्स्का अध्यक्ष सिर्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु