निःशुल्क स्वास्थ्य सेवासहित लोकदोहोरी दिवस मनाइयो, कलाकारको उपचारमा चिरायूसँग प्रतिष्ठानको सम्झौता

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७७, शनिबार
Ramesh BG

काठमाडौं । लोकदोहोरी दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, दात, आँखा, परीक्षण साथै रक्तदान जस्तो पबित्र सामाजिक कार्यको आयोजना गरेको थियो ।

लोकदोहोरी दिवस मनाउने क्रममा सामाजिक कार्य गर्न पाउनु सबैभन्दा उत्तम भएको कार्यक्रमको सहसंयोजक तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्माले जानकारी दिए । सहसंयोजक शर्माका अनुसार ४० पोका ब्लड संकलन भएको र ११६ जनाको स्वास्थ्य परीक्षण भएको जानकारी दिए ।
The National Folk and Duet Song Academy Central
लोकदोहोरी क्षेत्रमा क्रियाशील कलाकारको स्वास्थ्य परीक्षण गराउन लोकदोहोरी दिवस एउटा महत्वपूर्ण अवसरमा भएको प्रतिष्ठानका केन्द्रीय सदस्य प्रकाश भट्टले बताए । कार्यक्रममा स्वास्थ्य परीक्षण गराउने कलाकारको राम्रो उपस्थिति रहेको र सबैको सहयोगले कार्यक्रम सम्पन्न भएको सदस्य भट्टले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष दुर्गा रायमाझीले कलाकारको स्वस्थ्य परीक्षण गराउन पाउनुले लोकदोहोरी दिवस अर्थपूर्ण बनेको बताए । उनले कलाकारहरुको स्वास्थ्यमा ध्यान दिँदै निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यले समाजिक उत्तरदायित्वप्रति प्रतिष्ठान अग्रसर रहेकोमा खुशी व्यक्त गरे ।

‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ भन्ने आदर्शका साथ लोक दोहोरी दिवस २०७७ को शुभ अवसरमा प्रदेश जिल्ला र विदेश शाखाहरुले भव्य रुपमा कार्यक्रमहरु आयोजना गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । केन्द्रीय कार्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी कलाकार एवं स्वास्थ्यकर्मीलाई हार्दिक आभार प्रकट गर्दै अध्यक्ष बिजीले सहयोगको लागि चिरायु हस्पिटल राष्ट्रिय रक्त संचार केन्द्र साथै दर्शिका डेन्टल एण्ड आईकेयर सेन्टरको सहयोग अनुतलनीय रहेको बताए । अध्यक्ष बिजीले प्रमुख आतिथ्यताको लागि आदरणीय दुर्गा रायमाझीज्यु र विशेष उपस्थितीको लागी निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायतलाई विशेष धन्यवाद ज्ञापन गर्दै सहसंयोजक पशुपति शर्मा लगायत पदाधिकारी एवं सदस्यप्रति हार्दिक आभार आभार प्रकट गर्दै लोकदोहोरी दिवसलाई सफल पार्न आग्रह गरेका थिए । त्यस्तै चिरायु हस्पिटल र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आगामी दिनमा पनि कलाकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने र उपचारमा प्रतिष्ठानको परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने सहमति भएको अध्यक्ष बिजीले जानकारी दिए ।

लोकदोहोरी दिवसको अवसरमा प्रतिष्ठानका हरेक गतिविधिमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु