थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड, गिरीलाई पत्रकारिता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७१, शुक्रबार

काठमाडौं, २० भाद्र । जनकवि केशरी धर्मराज थापालाई राजधानीमा सम्पन्न भएको लोकदोहोरी अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । तेस्रो राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७१’ मा ’बाट जनकवी केशरी धर्मराज थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । थापालाई नगद १५ हजारसहित सम्मन गरिएको थियो । त्यस्तै गीतसंगीतमा लागेका पत्रकारहरुलाई प्रदान गरिँदै आइएको पत्रकारिता पुरस्कारबाट यस वर्ष संचारकर्मी गोविन्द गिरीलाई पुरस्कृत गरिएको छ । शुक्रबार सम्पन्न भएको लोकदोहोरी अवार्डमा विभिन्न १९ विधामा अवार्ड प्रदान गरिएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीले आयोजना गरेको कार्यक्रममा दशक गायकको सम्मानबाट मिलन लामालाई सम्मानीत गरिएको छ । लोकगीत क्षेत्रका चर्चित गायक तथा गायिका तथा कलाकार उपस्थित समारोहमा उत्कृष्ट लोकदोहारी मोडल महिला विधाबाट पूर्णिमा श्रेष्ठ र पुरुषतर्फ महेन्द्र गौतमले अवार्ड पाए भने लोकदोहोरी शब्दतर्फ शिव सुवेदी र लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको विधामा कपिल लामाले अवार्ड प्राप्त गरेका छन्
यस्तै सर्वोत्कृष्ट लोकगीततर्फ हिमाल घले, प्रतियोगी गायक प्रदीप रोक्का, प्रतियोगी गायिका हरिमाया रायमाझी, संगीत संयोजन तारानाथ आचार्य, रेकडिङ कुमार राना, छायांकार राजेश घिमिरे र वाध्यवाद्यकतर्फ यमन थापामगरले अवार्ड पाएका छन् भने लोकदोहोरी साँझ गायक तारपती सुवेदी र गायिकातर्फ मनमाया वाइवाले उत्कृष्ट भए । कार्यक्रममा लोकदोहारी नव–गायकको अवार्ड हेमन्त आलेले पाएका छन् भन् नव–गायिकाको अवार्ड शान्ति श्री परियारले पाइन् ।

sakira

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु