रिता थापाको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं । गायिका रिता थापा मगरको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नयाँ नेतृत्व पाएको छ । यसअघि रमेश बिजी अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी गायिका थापा उनको गृहजिल्ला धादिङमा भएको प्रतिष्ठानको ८ औं अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएकी हुन् । उनी प्रतिष्ठानको ८ औं अध्यक्षको जिम्मेवारी सम्हाल्ने पहिलो महिला अध्यक्ष समेत हुन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा, प्रथम उपाध्यक्षमा गायक रामजी खाँड, प्रशासनिक उपाध्यक्षमा गायक दिपक खड्का, सांगठनिक उपाध्यक्षमा गीतकार सुबास केसी, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै ७ जना उपाध्यक्षहरुमा गायक कृष्ण रेउले (४९६), गायक रमेश भट्टराई (४८२), गायक खुमन अधिकारी (४७४०, गायिका पूर्णकला बिसी (४६८), गायक राजु ढकाल (४५१), गायक पुष्कल शर्मा (४४२) र कुलेन्द्र बिश्वकर्मा (४३०) विजयी भएका छन् । ९ जनाको उम्मेदवारी परेकोमा निर्देशक शंकर बिसी (४२८) र गायक चोलेन्द्र पौडेल (३२३) भने पराजित भए ।

त्यसैगरी प्रतिष्ठानको महासचिवमा शिव हमाल, उपमहासचिव (सांगठनिक)मा शिरीष देवकोटा र उपमहासचिव (प्रशासनिक)मा हरि डाँगी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्ष अमृत अधिकारी, महिला सचिव जमुना राना निर्विरोध निर्वाचित भएका छन् ।
भूगोल सचिवतर्फ गण्डकीमा घनश्याम रिजाल (२९७)ले विजयी हासिल गरेका छन् भने सागर गुरुङ (१८८) र राजन गुरुङ (१५१) भने पराजित हुन पुगे । भूगोल सचिवतर्फ नै लुम्बिनी प्रदेश सचिव दिपक गरौजा मगर, कर्णाली प्रदेश सचिव उत्तम शर्मा, सुदूरपश्चिम प्रदेश सचिव नविन सिंह धामी, उपत्यका सचिव प्रकाश सपुत, विदेश सचिव रामकृष्ण बममल्ल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै खुल्ला सचिवतर्फ देवी घर्ती (५७०), युवराज मगर (४१०) र महेन्द्र गौतम (३६१) निर्वाचित भए । ३ जना सचिवका लागि ५ जनाको उम्मेदवारी परेकोमा विमल अधिकारी (३६०) र कृष्ण आँसु (१५४) भने पराजित भए ।
त्यसैगरी पिएन सापकोटा सांगठनिक सचिव, जीवन दाहाल प्रशासनिक सचिव, तारानाथ आचार्य सांगठनिक सहसचिव, राजकुमार रायमाझी प्रशासनिक सहसचिव, दुर्गा पंगेनी विदेश सहसचिव, सीता राना महिला सहसचिव निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै सहकोषाध्यक्षमा सम्झना लामिछाने (५०८) र ईश्वरी प्रसाद भुसाल (४४९) विजयी हुन सफल भए भने सरला पाण्डे (२६४) पराजित हुन पुगिन् । त्यस्तै महिला सहकोषाध्यक्षतर्फ भने गायिका जुना श्रीष मगर निर्विरोध निर्वाचित भएकी छन् ।
महिला सदस्यतर्फ ७ जनाको लागि ९ जनाको उम्मेदवारी परेको थियो । जसमा सम्झना भण्डारी (५११), कला लम्साल (४९८), उषा सुवेदी (४७७), करिश्मा ढकाल (४२२), स्मृति तिमिल्सिना गुरुआमा (३९३), जालुमाया गुरुङ (३८६), सुशिला गौतम (३६९) निर्वाचित हुन सफल भए भने दिपाशा बिसी (३६४) र कालिका रोका (३४८) पराजित भएका छन् ।
त्यसैगरी प्रदेश सदस्यतर्फ प्रदेश नं १ मा रमेश आचार्य (३१३) विजयी भएका छन् भने सपना दर्जी सुनाम (२९१) पराजित हुन पुगिन् । गण्डकी प्रदेश सदस्यतर्फ सुरेन्द्र गुरुङ (४८२) निर्वाचित भए भने अम्बर धिताल (१८६) पराजित भए । लुम्बिनी प्रदेशतर्फ प्रेम शर्मा (३८१) विजयी भए भने पुरुषोत्तम गैरे (२८६) पराजित भए । त्यसैगरी भूगोल सदस्यतर्फ नै मधेश सदस्य कृष्ण प्रसाद गौतम, बाग्मती सदस्य भरत बराकोटी, कर्णाली सदस्य राजकुमार खत्री, सुदूरपश्चिम सदस्य पदम बहादुर धामी र उपत्यका समन्वय सदस्य तिलक परियार निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै दुई जना विदेश सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा सूर्य खड्का (५०२), गोविन्द भट्टराई (२३९) निर्वाचित भएका छन् भने गोविन्द ढकाल (२२३ र विष्णु पाण्डे (१५४) पराजित हुन पुगे ।
त्यसैगरी १५ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको थियो । जसमा शान्तिश्री परियार (४९३), रविन लामिछाने (४६४), खेम सेन्चुरी (४४७), मनमाया वाइबा (४४१), कुमार पुन (४३४), रिना थापा मगर (४२५), प्रकाश भट्ट (४०४), सुजन लम्साल (३७५), पुरुषोत्तम भण्डारी (३५४), श्रीकृष्ण बममल्ल (३५३), कुमार राना मगर (३५२), बालचन्द्र बराल (३२२), दिनेश काफ्ले (३१८), कुशल बेलबासे (३१५) र रेशम निर्दोष (२९९) विजयी हुन सफल भए । सदस्यमा पराजित हुनेहरुमा रितु तामाङ (२९२), नरेश खाती (२८९), कृष्ण रानाभाट (२६६), भीमसेन खतिवडा (२५०), खड्ग बहादुर पुन (२४२), राजकुमार टराली (२४१), ईश्वर सिंह (२०४), विश्वास नेपाल (१९८), नेत्र अर्याल (१८०), विक्रम चौहान (१७१), शिशिर पौडेल (१६७), ढाकाराम पौडेल (१५३), नयन सोडारी (१२१), नकुल ढकाल (९७) र नरेन्द्र बहादुर रावल (८४) पराजित भएका छन् ।
म्यूजिक खबर परिवार नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु