प्रतिष्ठानको निर्णय: नौ स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’, नारायण रायमाझी एकल साँझ गर्ने

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने भएको छ। कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो।

अग्रज लोक स्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेम देव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरिएको हो।

त्यसैगरि, संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा हुने तय भएको छ।

अब हरेक वर्ष एक जना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने अध्यक्ष रीता थापा मगरले जानकारी दिइन्। देशको स्थानीय कला संस्कृतिको सम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले ताङतिङले घुम्ती बैठक आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु