• ‘राष्ट्रिय लोक गीत प्रस्तुति–२०८१’ मा सातै प्रदेशका लोक गीतको प्रतिनिधित्व

    म्यूजिक खबर
    प्रकाशित: २ असार २०८१, शनिबार

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, लोक सङ्गीत विभागद्वारा आयोजित राष्ट्रिय लोक गीत प्रस्तुति–२०८१ सम्पन्न भएको छ । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा नेपाल सप्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा जमलस्थित सांस्कृतिक संस्थानमा जेठ ३२ गते राष्ट्रिय लोक गीत प्रस्तुति–२०८१ कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपालका सातवटै प्रदेशको लोक गीतको प्रतिनिधित्व हुने गरी कलाकारहरुले दशवटा लोक गीतको प्रस्तुति दिएका थिए । कोशीप्रदेशबाट मु्ना ठटालले लिम्बु समुदायको केलाङ भाका प्रस्तुत गरिन् भने निरता नेवाङले पालम भाकाको लोक गीत प्रस्तुत गरिन् ।

    त्यस्तै मधेश प्रदेशबाट हरिशंकर चौधरीले मैथिलीभाषामालोक गीत प्रस्तुतगर्नु भयो । बागमतीप्रदेशलाई प्रतिनिधित्वगर्दै रामकुमार नेपाली र समूले दर्जी गीत प्रस्तुतगर्नुभयो । वरिष्ठ गायक खड्ग गबुर्जा तथा प्रतिमा विश्वकर्माले गण्डकी प्रदेशमा प्रचलित कौरा भाकाको प्रस्तुति दिए ।

    यसैगरी लुम्बिनी प्रदेशबाट कलाकारहरुले रुकुम रोल्पामा प्रचलित साहिँली भाकाको लोक गीत प्रस्तुतगर्नुभयो । कलाकार कृष्ण रेउलेले मयालाई भाकामा कर्णाली प्रदेशको लोक गीत प्रस्तुत गरे । कर्णाली प्रदेशमा बढि प्रचलित यानिमाया भाकालाई कलाकार धनराजचुनाराले मञ्चमा प्रस्तुत गरे ।

    सुदुरपश्चिमप्रदेशको प्रतिनिधित्वगर्दै कलाकार राजाराम भाटले ठाडी भाकातथादिपा रोकाया र रुपक परियारले देउडा भाका प्रस्तुतगर्नु भयो । कार्यक्रमको अन्तिम प्रस्तति स्वरुपगायक कृष्ण रेउले, गायिका राधिका हमाल तथा गायिका शीला आलेले लोक दोहीरी प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका थिए ।

    कार्यक्रमालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले नेपालीलोक गीतमा हरेक समुदायका कथाव्यथालाई समेटिएको हुने बताउँदै लोक कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो ठाउँबाट पहलगर्ने बताइन् ।
    कार्यक्रममाबोल्दै उपकुलपतिशम्भु राईले लोक सङ्गीतमा मान्छेको रहनसहन र जीवनपद्धति हुने बताउनुहुँदै नेपाली कला जर्गेनाका लागि र एक अर्काको अस्तित्व स्वीकार्नका लागि पूर्वका पालम गाउने कलाकारले पश्चिमको देउडा, पश्चिमका ठाडी भाकागाउने कलाकारले पूर्वको धाननाच नाच्नुपर्ने र मधेशले हिमालका गीत र हिमालले मधेशको गीत गाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा स्वागतमन्तव्य प्राज्ञ परिषद तथा कार्यक्रम संयोजक टिका पुनले प्रज्ञा प्रतिष्ठानले स्थानीयतह र प्रदेशसँग समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको बताउनुका साथै आगामीदिनमा अझ वृहत रुपमा यस्ता कार्यक्रमहरुलाई निरन्तरतादिने बताइन् ।

    कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवकुश्मा महरा, सांस्कृतिक संस्थानका महाप्रबन्धककिरण बाबु पुन, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल, प्राज्ञ कर्ण गौतम, प्राज्ञ हिसनबहादुर मगर, प्राज्ञ कला राई, प्राज्ञ राधा राई, प्राज्ञ महेश्वर सुनार, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम कुमाखीमल्ल, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ गायक राजु परियार, गायिका राधिका हमाल, शिला आले, गायक चिरन पुन लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु