• २८ जना कलाकारलाई राष्ट्रको विभुषण

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०७८, सोमबार

    काठमाडौं । सरकारले दिवसका अवसरमा विभूषित गर्ने सूचीमा दर्जनौ पत्रकारहरू पनि परेका छन् उनीहरुलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गरिने भएको हो ।

    संविधान दिवसको दिनमा सार्वजनिक भएको सूचीअनुसार सु–प्रवल जनसेवाश्री पदक पाउने कलाकारहरुमा गीतकार कालिप्रसाद रिजाल, भजन शिरोमणि तथा संगीतकार भक्तराज आचार्य, कलाकार गौरी मल्ल, रहेका छन् । त्यसैगरी कृतिमय राष्ट्रदीप पदक संगीतकार सम्भुजीत बास्कोटाले पाएका छन् ।

    त्यस्तै प्रवल जनसेवा श्री पदकबाट कलाकारहरु रमेश बुढाथोकी, दिपा श्री निरौला, हेमन्त बुढाथोकी, चन्द्र प्रसाद शर्मा, कुलेन्द्र वि।क, देविका प्रधान, विष्णु माझी, नवल खड्का, प्रकाश घिमिरे, कस्तुप पन्त विभूषित भएका छन् ।

    यसैगरी जनसेवाश्री हेमन्त शर्मा, प्रकाश सपुत, केकी अधिकारी, अनमोल केसी, कमल गाउँले, मिलन चाम्लिङ राई, महेश प्रसाद हाडा, नविन कुमार पौडेल, सुजल बम, तेरिया फौजा मगर, शिवशंकर रिजाल ‘जोगेन्द्र’ राजकुमार राई, रन्जु झा, राधिका हमाल, पदकबाट सम्मान गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु