‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौ बार्षिर्केउत्सव सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७९, आईतवार

काठमाडौं । अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौ बार्षिर्केउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। संघिय सांसद सन्तोष चालिसेको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै
सांसद सन्तोष चालिसेले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो ।सस्तो लोकप्रियता र राजनीतिक दलको गुमराहबाट अनलाइन मिडियालाई बाहिर ल्याउनुपर्ने अहिलेको टड्कारो आवश्यकतालाई मिडिया हाउस र पत्रकारहरुले मनन गर्नुपर्ने चालिसेले बताए ।

नोजाले नवौ बार्षिकोउत्सव समारोहमा पत्रकार सहित ५ जना विशेष व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । नोजाले संचारकर्मी महेश घिमिरेलाई जया देवकोटा स्मृति पत्रकारीता पुरस्कार रु ११, १११ राशीद्धारा सम्मानित गरेको छ । महिला उद्यमी क्षेत्रबाट मंजु सिंह स्वास्थ्य महिला उद्यमी बाट अमृता पाण्डे, जोतिषबिदा बाट मणि पाण्डे र सामाजिक अभियानवाट सुशील फुयाल लगाएत सम्मानित भएका थिए । कार्यक्रममा सौन्दर्यविद सुमी रंजित , लायन्स पधादिकारीहरु बिभिन्न संघ संस्थाका प्रमुखहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा सौन्दर्यविद सुमी रंजितले लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच सचेतना सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो भने हामीले खानेपानीलाइ कसरि सुद्दीकारण गरेर खाने भन्ने बिषयमा चर्चा गरिएको थियो ।

अनलाइन मिडिया र यसमा कार्यरत पत्रकारहरुको बृहत्तर विकाससँगै अनलाइन सञ्चार माध्यममार्फत समाज रुपान्तरण र देश विकासका लागि राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको अनलाइन यात्रा जारी रहेको संघका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानाले बताए । ढुंगानाले सूचनाको हक हरेक नेपालीको अधिकार भएकोले राष्ट्रिय सूचनाहरुलाई नागरिकसमक्ष पुर्याउन आम सञ्चार माध्यमले निस्वार्थ तवरले भूमिका खेल्नुपर्ने बताए । अनलाइन मिडिया अहिलेको विश्वव्यापी सूचना प्रवाहको छिटो र छरितो सञ्चार माध्यम भएकोले यसलाई विश्वसनयी एवं भरपर्दो बनाउन राज्यको नीति स्पष्ट रहनुपर्र्ने उल्लेख गर्दै सोही अनुरुप अनलाइन मिडिया सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । अनलाइन सञ्चार माध्यम सबै क्षेत्रको लागि भरपर्दो सूचना प्रवाहको माध्यम भएकोले नेपालको विकास र बिस्तारको लागि विशेष अभियानको रुपमा यसलाई सञ्चालनका लागि राज्यले नै पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउदै ढुंगानाले राजनीति , व्यवसायी र यस क्षेत्रका अगुवाहरले पनि मिडिया फ्रेड्ली वातावरण सृजना गर्न सिक्नुपर्ने बताउदै अनलाइन मिडिया हाउस र सबै पत्रकार एक भएर व्यवसायिक अनलाइन मिडिया सञ्चालनको अभियानमा एकजुट हुन जरुरी रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु