‘राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’को नवौं संस्करण नुवाकोटमा हुने

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार १९:१७

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा ‘नवौं रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता – २०८२’ हुने भएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले नुवाकोटको बिदुर नगरपालिकामा जेठ २९ देखि ३१ सम्म उक्त प्रतियोगिता गरिने निर्णय गरेको हो ।

प्रतिष्ठानले हरेक वर्ष यो प्रतियोगिता गर्दै आएको छ । लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ। गत वर्ष उक्त प्रतियोगिता चितवनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु