राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीत ‘नेपाली हौं’ मा सीतारामको स्वर

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७७, शनिबार

काठमाडौं । लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत ‘नेपाली हौं’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रियताप्रति समर्पण भावको यस गीतमा नारायण कुमार आचार्यको शव्द र राहूल प्रधानको संगीत तथा एरेन्ज रहको छ ।


फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ ।
राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु