• ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता’ हुने, साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति

    म्यूजिक खबर
    प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

    पछिल्लो समय राज्यका विभिन्न निकायलाई नियाल्ने हो भने पुरुषलाई झैं महिलालाई पनि करिब–करिब समान अवसर प्रदान र प्राप्त हुँदै आइरहेको छ । सांगीतिक क्षेत्रमै हेर्ने हो भने पनि महिला सहभागिता बढेकै छ । तथापी नेपाली मौलिक बाजा ‘मादल वादक’ हरुलाई खोज्ने हो भने लगभग पुरुषको मात्रै सहभागिता भए जस्तो देखिन्छ । कहिं कतै भएका महिला मादल वादक पनि छायाँमा परेका छन् । मनोरन्जनका लागि आयोजना भएका सांगीतिक कार्यक्रममा त ‘महिला मादल वादक’ को रिक्तता भएको यथार्थ हो । यस किसिमको रिक्ततालाई परिपूर्ति गर्न ‘महिला मादल वादन प्रतियोगिता’ हुने भएको छ ।

    ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता’ हुने भएको हो । कार्यक्रम राजधानी स्थित राष्ट्रिय नाचघर जमलमा बैशाख २७ गते बिहिबार सम्पन्न हुने छ । प्रतियोगीतामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आव्हान गरिएसँगै टिम दर्ता गर्ने क्रम चलिरहेको छ । प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने हातहरु पनि बढिरहेका छन् । सहयोगी हातहरुलाई कार्यक्रम संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ तथा गायिका टिका पुनले धन्यवाद दिएकी छिन् ।

    पछिल्लो पटक ओझेलमा पर्दै गएको लोकबाजा मादलको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको आयोजना गर्न सो प्रतियोगितालाई प्रायोजन गरेर सहयोग गरिदिनु हुने सबैमा आभार साथै अझै सहयोगको लागि पनि अनुरोध गर्दछौं र भाग लिनका लागि नाम दर्ता गरिदिनका लागि समेत टिकाले ू अनुरोध पनि गरेकी छिन् । थप जानकारीका लागि ९८४१२५२६३४, ९८५१३३४९८४ र ९८५१९७९३०३ मा सम्पर्क गर्न सकिने छ ।
    प्रतियोगितामा प्रथम हुनेले रु ५५,००० पाउनेछन् भने द्वितीय पुरस्कार रू. ३५,०००, तृतीय पुरस्कार रू २५,००० र , सान्त्वना पुरस्कार रु.१५,००० रहेको छ ।

    कार्यक्रममा राजु परियार, देबी घर्ति, मन्जु पौडेल, रामजी खाँण, शान्ती श्री परियार, लक्ष्मी मल्ल, कृष्ण रेउले, सुनिता बुढा क्षेत्री लगायतका थुप्रै राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु