नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा तीन विधामा अवार्ड चुम्दै नवीन एल्बमको ह्याट्रिक

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७८, सोमबार

काठमाडौं । नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट एल्बम ‘नवीन’ले तीन विधामा अवार्ड चुम्दै ह्याट्रिक गरेको छ । सर्वोत्कृष्ट संगीत संयोजक, सर्वोत्कृष्ट ध्वनि मुद्रण र सर्वोत्कृष्ट एल्बम सहित तीन विधामा अवार्ड चुम्दै ह्याट्रिक गरेको छ । गायक नवीन कार्कीको आधुनिक एल्बम ‘नवीन’सँगै सँगसँगै, नूतन, सुरवी र नलाएको माया प्रतिस्पर्धामा रहेको थियो ।
गायक नवीन कार्की दुई दशकअघिदेखि गायनमा आएका भए पनि पछिल्लो समय मात्र सक्रियतापूर्वक देखिएका हुन् । गायक कार्की आधुनिक गायनमा आफ्नो फरक छाप छोड्न सफल छन् ।
नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा आधुनिक विधातर्फ गायक सरोज कोइरालाई र गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए । त्यस्तै राजेश थापा सर्वोत्कृष्ट संगीतकार बन्न सफल भए भने प्रकाशपुञ्ज सर्वोत्कृष्ट गीतकार बन्न सफल भएका थिए । गीतसंगीतका विभिन्न ४२ विधामा आयोजना भएको उक्त अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा गीतसंगीत एवं चलचित्र क्षेत्रका हस्तीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु