
काठमाडौं । रेडियो नेपालका उपनिर्देशक तथा समाचार महाशाखा प्रमुख एवं साहित्यकार नवराज लम्साललाई पितृशोक परेको छ ।
हिजो आइतबार उनका पिता टंकप्रसाद लम्सालको निधन भएको हो ।
काठमाडौं चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ निवासी लम्सालको ८६ वर्षको उमेरमा निधन भएको हो । यस दुखद घडिमा नेपाली साहित्य, सञ्चार र संगीत क्षेत्रबाट श्रद्धाञ्जली प्रकट गरिरहेका छन् ।
डा. नवराज लम्साल साहित्य र रेडियो पत्रकारितामा उत्तिकै चर्चित छन् । उनी मूलधारका कवि तथा गीतकार हुन् । कर्ण र धरा नामका दुई महाकाव्य सहित ७ पुस्तक प्रकाशित गरेका उनका चलचित्र र आधुनिक गरी ३ सय ५० बढी गीतहरु रेकर्ड भएका छन् ।