कलाकार संघको संरक्षक नीर शाहले राजिनामा दिए, हरिवंश भित्रिए

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार
Neer Shah

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संरक्षक वरिष्ठ नीर शाहले कार्य व्यस्तताको कारण देखाउँदै राजिनामा दिएका छन् । शाहले दिएको राजिनामा संघको २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ । बैठकले शाहको राजिनामा स्वीकृत गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ । वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उनको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।

सोही वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी श्री हरिवंश आचार्यज्यूलाई संरक्षकमा नियुक्त गरेको छ । नव नियुक्त संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहने छ । नव नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समयदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील छन् । शाहको राजिनामा स्वीकृत गर्दै आचार्यको योगदानको मूल्यांकन गर्दै संरक्षकमा नियुक्त गरेको संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु