सिक्किमका गायक नेहलको ‘सुर कि तिमी रागिनी’

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

काठमाडौं । इन्डियन आइडलमा समेत अडिसन दिएका नेहल रामदामुको नयाँ गीत सुरकी तिमी रागिनी सार्बजनिक भएको छ । प्रतिभाशाली यी गायकलाई संगीतमा गायक तथा संगीतकार कर्मा ग्याल्जेन बम्जनले साथ दिएका छन भने शब्दमा कुमार मिश्रले । लामो समय देखि नेपाली गीति साहित्यमा कलम चलाउदै आएका मिश्र गजलकार पनि हुन । उन्को यो गीतमा पनि गजलको स्वाद भेटिन्छ । यो गीतको एरेन्ज फणीन्द्र राई ले गरेका हुन । गीत केके अप्टेक बाट सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु