‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयक सम्मिलन कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०८०, बुधबार

काठमाडौं । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा संविधानदिवस २०८० को सुखद् अवसरमा ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिकपक्ष र संस्कृतिकर्मी’ विषयक सम्मिलन कार्यक्रम असोज २ गते राजधानीमा सम्पन्न भएको छ ।
नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माको सभापतित्व तथा माननीयसंस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमा राज्यका प्रमुखअङ्गहरु न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखहरुको धारणा श्रव्यदृश्य सामाग्रीमार्फत प्रस्तुत गरिएको थियो । प्रधानन्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो । उक्त अवसरमा श्रव्यदृश्य सामाग्रीमार्फत नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको संक्षिप्त परिचय समेत प्रस्तुतगरिएको थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री सुदनकिरातीले संस्कृतिजीवनबाच्ने माध्यमभएको बताउँदै संस्कृतिको संरक्षण गर्न पहिला संस्कृतिको जरासम्मपुग्नुपर्ने बताउँनु भयो । विचार संस्कृतिको उपजभएको बताउँदै मन्त्री सुदनकिरातीले नेपालको छवी अन्तराष्ट्रिय मञ्चमा पु¥याउन मौलिक किसिमको गीत सङ्गीत तथा कलाको सिर्जनामा लाग्न सर्जक तथा संस्कृतिकर्मीलाई सुझाउनु भयो ।

कार्यक्रममाकुलपतिनिशाशर्माले संस्कृतिजोगाउनु सबैको दायित्वभएको बताउँदै राज्यकाअङ्गहरुले सहयोग गर्नुपर्नेमाजोड दिनु भयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिनारदमणि हर्तामछलीले कार्यक्रमाबोल्दै संस्कृति र संस्कृतिकर्मीकाविषयमा राखिएको यस किसिमको कार्यक्रमले जनतामाझ संस्कृतिको परिचय समाज निर्माणमा संस्कृतिकर्मीको भूमिकाका र संस्कृतिका नाममा सामाजिक विकृतिलाई उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्तगर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिभुपाल राईले कार्ल माक्सको भनाई उदृत गर्र्दै मानिस एक सांस्कृतिक प्राणी भएको बताउँदै संस्कृति श्रमद्वारा सिर्जनागरिएको दोस्रो प्रकृतिहो भन्नु भयो । संस्कृति मानिसलाई बाच्नकालागि निर्देशनगर्ने निर्देशक सिद्धान्त पनि भएको बताउनु भयो ।
नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यमाथि प्रकाशपार्दै राज्यले संस्कृति र संस्कृतिकर्मीहरुको संरक्षण र संवद्र्धनमा राज्यले विशेष ध्यानदिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा ‘राज्यकाप्रमुखअङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिकपक्ष र संस्कृतिकर्मी’विषयमा सामाजिक अभियन्तायुग पाठक, वरिष्ठ समालोचकनिनु चापागाईंतथावरिष्ठ साहित्यकार इश्वर चन्द्र ज्ञवालीले आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रममाआफ्ना भनाई राख्दै वक्ताहरुले संस्कृति भनेको गीत, सङ्गीत, धर्म मात्र नभएर मानिसको चिन्तन शैली, खानपान, जीवनशैली, आचरण, परम्परा, आस्था लगायत सबैको समिश्रण भएको बताउनु भयो ।

नेपालको संस्कृतिलाई समायानुकुल बनाई यसको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र पुस्ता हस्तान्तणका लागि राज्यले राष्ट्रिय संस्कृतिनी तिबनाउनु पर्नेमा जोड दिइएको थियो ।

नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यएवं नृत्य विभाग प्रमुख बखतबहादुर हमालले सञ्चालनगर्नु भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, सांस्कृतिक संस्थानका महाप्रबन्धक, पूर्व प्राज्ञ परिषद सदस्यहरु, पूर्व प्राज्ञ सभा सदस्यहरुलगायत सङ्गीत, नृत्य, नाटक, साहित्य क्षेत्रका स्रष्टा सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु