• नेपाल फिल्म सोसाइटीमा पुनः अभिनेता कृष्ण मल्लको नेतृत्व, चार संस्थाले दिए सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १५ मंसिर २०८१, शनिबार

    काठमाडौं । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट पुनः वरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन्।

    त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ र सह कोषाध्यक्षमा दुर्गा बिशुराल निर्वाचित भएका छन्।

    यसैगरी सोसाइटीको सदस्यहरूमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्।

    नेपाल फिल्म सोसाइटीको पुनः अध्यक्ष पदमा निर्वाचित भएपछि वरिष्ठ अभिनेता मल्ल र सम्पूर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई चार वटा संस्थाले सम्मान अर्पण गरेका छन् । एसएस फाउन्डेशनको तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघको तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र वस्याल (राउत फाउन्डेसन (अमेरिका) को तर्फबाट प्रतिनिधि हेम पाठकबाट सम्मान तथा बधाई पत्र प्रदान गरिएको थियो ।

    गीतकार एवं समाजसेवी शोभित उप्रेतीले सहजीकरण गरेको सो कार्यक्रममा दर्जनौं कलाकार, साहित्यकार र पत्रकारको उपस्थिति रहेको थियो। नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु