• नेपाल सरकारद्वारा २२ संगीतकर्मीलाई मानपदवी, अलंकार र विभुषण, को–को परे ?

    म्यूजिक खबर
    प्रकाशित: ३ आश्विन २०७९, सोमबार

    काठमाडौं । नेपाल सरकारद्वारा मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ । विभुषित हुने व्यक्तित्वमा ९८ जना कलाकारहरु समेत छन् । जसअन्तर्गत नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने २२ जना संगीतकर्मीहरुलाई पनि मानपदवी, अलंकार र पदकबाट बिभुषण गरिने भएको हो ।
    अग्रज गायक नन्दकृष्ण जोशीलाई ‘सुकीर्तिमय राष्ट्रदीप’ बाट विभुषित गरिने छ । जोशीसँगै नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र राजेश हमालले कलाकारिताबाट यो मानपदवी पाउने भएका हुन् ।

    यस्तै अग्रज संगीतकर्मीहरु संगीतकारबाट दीपक जंगम, आलोकश्री (सूर्यकुमार खाती), चेतन सापकोटा, गायकहरु– शम्भु राई, आनन्द कार्की, एवं गायिकाहरु ज्ञानु राणा र सत्यकला राईलाई ‘सुप्रवल जनसेवाश्री तृतिय’ प्रदान गरिने भएको छ ।

    यसैगरेर संगीतकार मिलन मोक्तान, गीतकार धर्मराज उपाध्याय र गायक सीताराम पोखरेल ‘प्रबल जनसेवाश्री’ बाट विभुषित भएका हुन् ।
    यस वर्षको ‘जनसेवाश्री’ बाट विभुषित हुने संगीतकर्मीहरु गायिका सुनिता दुलाल, गायक कमल सुनार, संगीतकारद्वय सन्तोष श्रेष्ठ र दिपक शर्मा, गायक कुलमान नेपाली, संगीतकार मनोहर सुनाम, गीतकार डिल्लीनारायण पाण्डे, गायक सुरेशकुमार नेपाल परियार (यशकुमार) र संगीतकार सानुकान्छा शाही रहेका छन् । निर्देशक माधवराज खरेल, मोडल सनम कठायत र नृत्य निर्देशक शिब बिक पनि यहि सूचीमा पर्न सफल भएका छन् ।

    त्यस्तै गायक नविन पौडेल र किरण गजमेरले यो वर्ष ‘नेपाल सेवा प्रवीण’ बाट विभुषित हुने भएका छन् ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९को अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

    विभूषित हुने कलाकार र उनीहरुले पाउने मानपदवी, अलंकार र विभुषण्को सूची यसप्रकार रहेको छ ।

    सुकीर्तिमय राष्ट्रदीप
    नीर शाह, वरिष्ठ कलाकार, काठमाडौं
    मदनकृष्ण श्रेष्ठ, कलाकार, काठमाडौं
    हरिवंश आचार्य, कलाकार, काठमाडौं
    राजेश हमाल, कलाकार, काठमाडौं
    नन्दकृष्ण जोशी, गायक, बझाङ्ग

    सुप्रबल जनसेवाश्री
    शम्भु राई ९कुथुमी०, गायक तथा संगीतकार, काठमाडौं
    प्रदीपलाल श्रेष्ठ, चलचित्र निर्देशक, तनहुँ
    अशोक शर्मा, चलचित्र निर्देशक, झापा
    दीपकराज गिरी, अभिनेता तथा निर्देशक, काठमाडौं
    आलोकश्री ९सूर्यकुमार खाती०, संगीतकार, गोरखा
    दीपक जंगम, संगीतकार, काठमाडौं
    आनन्द कार्की, गायक, सोलुखुम्बु
    अर्जुन श्रेष्ठ, अभिनेता, दाङ
    ज्ञानु राणा, गायिका, काठमाडौं
    निरुता सिंह, कलाकार, सिलीगुडी, भारत
    चेतन सापकोटा, संगीतकार, मकवानपुर
    विराज भट्ट ९भोजराज भट्ट०, चलचित्र अभिनेता, डडेलधुरा
    दयाहाङ राई, अभिनेता, भोजपुर
    सत्यकला राई, गायिका, खोटाङ

    कीर्तिमय राष्ट्रदीप
    कृष्णकुमार मल्ल, अभिनेता तथा निर्देशक, काठमाडौं
    मिथिला शर्मा, कलाकार, काठमाडौं

    प्रबल जनसेवाश्री
    मिलन मोक्तान, संगीतकार, काठमाडौं
    धर्मराज उपाध्याय, गीतकार, काठमाडौं
    सीताराम पोखरेल, गायक, काठमाडौं
    जीतबहादुर देउजा, नाट्यकर्मी, भक्तपुर
    निर्मल शर्मा, अभिनेता तथा निर्देशक, काठमाडौं

    जनसेवाश्री
    सुनिता दुलाल, लोकगायिका, सिन्धुपाल्चोक
    प्रदीप खड्का, कलाकार, ललितपुर
    कमल सुनार, गायक तथा संगीतकार, अर्घाखाँची
    सन्तोष श्रेष्ठ, संगीतकार, दाङ
    दीपक शर्मा, संगीतकार, म्याग्दी
    माधवराज खरेल, चलचित्र निर्देशक, काभ्रेपलाञ्चोक
    शिवराम विक, नृत्य निर्देशक, चितवन
    रमेश कोइराला, चलचित्र निर्देशक, चितवन
    सनम कठायत, कलाकार, डोटी
    कुमार बस्नेत विक्रान्त, कलाकार, सर्लाही
    कुलमान नेपाली, गायक, सुर्खेत
    मनोहर सुनाम परियार, कलाकार, काठमाडौं
    डिल्लिनारायण पाण्डे, गीतकार, स्याङ्जा
    सुरेशकुमार नेपाल परियार ९यशकुमार०, गायक, काठमाडौं
    सानुकान्छा शाही, संगीतकार, काभ्रेपलाञ्चोक

    नेपाल सेवा प्रवीण
    प्रभाकर शर्मा, कलाकार, संखुवासभा
    इन्द्रबहादुर खत्री, कलाकार, बागलुङ
    कृष्णबहादुर विक, कलाकार, बझाङ
    नवीन पौडेल, गायक, रुपन्देही
    किरण गजमेर, गायक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु