नेपाल आइडल सिजन–४ मंसिर २३ गतेबाट सुरु हुने

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७८, सोमबार

काठमाडौं । चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आगामी मंसिर २३ गतेबाट प्रशारण हुने भएको छ ।
एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने छ ।
यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् ।

एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण पौडेलले गर्ने भएका छन् ।
शो मा यसअघिका निर्णायकहरुलाई राखिएको छैन ।

यसपटक वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानलाई निर्णयकको रुपमा देख्न पाइने छ ।

यसअघि संगीतकार न्यु बज्राचार्य, गायक कालि प्रसाद बास्कोटा र गायिका इन्द्रिरा जोशी निर्णायकको रुपमा थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु