अब पालो ‘नेपाल लोक आइडल’ को !

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

काठमाडौँ  । अन्य विधाका रियालिटी सो वा प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना भइरहे पनि लोक विधा सधैं पछि पर्दै आएको छ  । सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा ‘नेपाल लोक आइडल’ हुन लागेको हो । ‘यो सिंगल सिंगिङ कम्पिटिसन हो ।

नेपाल लोक आर्इडलका लागि देशका विभिन्न स्थानमा अडिशन हुने र अडिसनमा छानिएका प्रतिस्पर्धीहरुलाई टप टेनको लागि काठमाण्डौमा प्रतिस्पर्धा गराइने छ ।

विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने पन्तले बताए । ३४ एपिसोडको कार्यक्रममा अडिसन सकिएपछि टीभीमा आउने जानकारी दिइयो । यसमा दोहोरी भिडन्त हुने छैन ।

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले बताए ।

संयोजक पन्तले भने, ‘हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनै पनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं, अरु भन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न सबैको साथ मिल्ने मैले आशा गरेको छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु