नेपाल लोक स्टारको टप–टेनको प्रतिस्पर्धा

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे एपी,वान एचडी, र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आईएमईको मुख्य प्रायोजन रहेको र चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार‘को अव उत्कृष्ट दश अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्प्रिर्धीहरुबाट बिभिन्न चरणको अडिसन पार्दै पबिन्द्र सुनार (बाजुरा), रामकुमार नेपाली (रामेछाप), सुशिल आचार्य (अर्घाखाँची) शनि विश्वकर्मा (रोल्पा) दीपेन्द्र राइ (भोजपुर) , बिनोद दनुवार (उदयपुर) , मुना अर्याल (चितवन), चेतन गोतामे (स्याङजा), प्रभुराज पाण्डे (बाजुरा), र रविराज शाह (सर्लाही), लगायत दश प्रतियोगी मात्र टप टेन स्पर्धामा पुग्न सफल भएका हुन् । प्रतियोगिताको आगामी एपिसोडमा यी दश प्रतिस्र्धीबिच भिडन्त हुने आयोजकले जनाएको छ । ७ प्रदेशका मुख्य शहरहरु सुर्खेत, जनकपुर, धनगढी बुटवल,इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा प्रतियोगिताका लागि कुल ३५० जना प्रतिस्पर्धी छानिएका थिए । आइएमइ, नेपाल लोक स्टारको प्रथम पुरस्कार रु, ५० लाख रहेको छ । द्वितीय पुरस्कार रु २५ लाख रहेको प्रतियोगिताकमा तृतीयले रु, १० लाख पाउनेछन् । सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि,बि, अनुरागी निर्णायक रहेको प्रतियोगिता डिशहोमको अशोसिएसन, सगरमाथा सिमेन्टद्वारा संचालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित गरिएको छ । सबै बिजेतालाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था समेत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु