चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन बिजयी

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०८०, सोमबार

काठमाडौं । नेपालका चलचित्र भवन सञ्चालक र चलचित्र वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई अत्यधिक मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । महर्जनले १०६ मत प्राप्त गरेका थिए भने कुवेर शर्माले जम्मा ४६ मत मात्र प्राप्त गरेका थिए ।

अधिवेशनबाट नेपाल चलचित्र संघका सदस्यहरुमा छविराज ओझा, कपिलप्रसाद द्धा, गोपालकाजी कायस्थ, गोविन्द शाही, करण श्रेष्ठ, देबेन्द्र खड्गी, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, दिप्रश शाक्य, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा, नीरज गुप्ता चयन भएका छन् ।
संघको बाँकी पदाधिकारीको पद चयन आईतबार बस्ने संघको बैठकबाट गरिने भएको छ । नयाँ कार्यसमितिको सो बैठकले हाल निर्वाचित सदस्यहरुबाटै उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदाधिकारी चयन गर्नेछ ।

संघले साधारण सभामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान गरेको थियो । २०१३ सालमा स्थापना भएको चलचित्र संघ फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु