• नेपाली आधुनिक संगीतमा १०० बर्ष’ साङ्गीतिक कार्यक्रम हुँदै

    म्यूजिक खबर
    प्रकाशित: ५ पुष २०७९, मंगलवार
    Nepal Music and Drama Academy Ashok Rai

    काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थानीय व्यावस्थापनमा मिति २०७९पौष ८गते शुक्रबार कास्की पोखरामा ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ कार्यक्रम हुने भएको छ।
    कार्यक्रममा नेपाली संगीतका प्रथम गीत रेकर्डिङ गर्ने सेतुरामदेखि बर्तमान बहु चर्चित गायक राजेश पायल राई, राम कृष्ण ढकालसम्मका गरि २९ वटा गीत तथा नृत्य प्रस्तुति गरिने छ। कार्यक्रममा प्रगतिशील गीतको ईतिहासलाई समेत समिटिने साथै नेपाली चलचित्र क्षेत्रलाई पनि सम्बोधन गर्दै चलचित्रका गीतमा २ वटा नृत्य पनि प्रस्तुत गरिने कार्यक्रमका संयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत बिभाग प्रमुख अशोककुमार राईले जानकारी दिए । सम्पूर्ण नेपाली संगीतको ईतिहास जानकारी दिने उदेश्यका साथ गरिने उक्त कार्यक्रम एक घण्टा ३० मिनेटको रहने पनि राईले बताए।
    कार्यक्रममा गण्डकी प्रदेशको मुख्य शहर पोखराको बराहीघाट लेकसाइडमा हुने छ । कार्यक्रममा प्रत्येक दशक प्रतिनिधित्व हुने गरि प्रस्तुत गरिने गीतहरु यस प्रकार रहने छ।

    वि.सं. १९६५ देखि २०१० सालसम्म
    १. राजमतिकुमती – सेतुराम श्रेष्ठ
    २. सवारी मेरो रेलैमा – मेलवा देवी गुरुङ
    ३. लाहुरेको रेलिमाई – मास्टर मित्र सेन
    ४. कालो ठेकी नारन – उस्ताद साईला
    ५. नेपाली अघिबड हातमा – रानुदेवी अधिकारी

    वि.सं. २०१० देखि २०२० सालसम्म
    १. फगत एक नजरमा – हरि प्रसाद रिमाल
    २. हे कान्छा – नारायण गोपाल र तारा देवी
    ३. तितरि पङ्खी – बच्चु कैलाश र पुष्प नेपाली
    ४. नेपाली हामी – नातिकाजी

    वि.सं. २०२० देखि २०३० सालसम्म
    १. नौलखा तारा उदायो – अम्बर गरुङ
    २. गाई त बाँध्यो – राल्फा समूह
    ३. कोहि त भने जहाज – राल्फा समूह
    ४. मलाई प्यारो लाग्छ – लेकाली समुह
    ५. बनेको छ पहराले – गोपाल योञ्जन

    नेपाली चलचित्रहरुबाट नृत्य प्रस्तुति (गण्डकी प्रज्ञा प्रतिष्ठान)
    १. वसन्त नै बस्न – माईतीघर
    ४. गैरीखेतको शीरै हान्यो – प्रेम पिण्ड

    वि.सं. २०३० देखि २०४० सालसम्म
    १. हेर न हेर कान्छा – अरुणा लामा र शरण प्रधान
    २. हजार सपनाहरुको – भक्तराज आचार्य
    ३. बिर्सिजाने निष्ठुरीलाई – बाबा राणा
    ४. मेरो आँखामा – दिप श्रेष्ठ

    प्रगतिशील गीतहरुबाट प्रतिनिधित्व
    १. आमा दिदी बहिनी हो – जेबी टुहुरे
    २. गाउँ गाउँ बाट उठ – श्याम तमोट

    वि.सं. २०४० देखि २०५० सालसम्म
    १.मिर्मिरेमा तिमीलाई – सुक्मित गुरुङ
    २. बिदेश जाने मायालु तिमीलाई –दिपक थापा
    ३. चलेछ बतास सुस्तरी – शम्भु राई

    वि.सं. २०५० देखि २०६० सालसम्म
    १. ओराली लागेको हरिणको – रामकृष्ण ढकाल
    २. फैलियो माया दुबोसरी – राजेश पायल र कुन्ति मोक्तान

    साथै सिङ्गो ०६२–६३को जन आन्दोलनको भावनालाई सम्मान र सम्बोधन गर्दै पुर्बको माया पश्चिम लाई पस्चिमको ममया पुर्बलाई गीतमा गण्डकी प्रज्ञा प्रतिष्ठानको नृत्य प्रस्तुति रहनेछ ।
    सो कार्यक्रममा ऐतिहासिक सिर्जनाहरुलाई कुन्ती मोक्तान, भिषण मुकारुङ, निशा देशार, दुर्गा परियार, सन्जय तुम्रोक, साजन राई, रुपक चौधरी प्रस्तुति दिनेछन् । त्यस्तै शिला बहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुढाथोकी, गोपालदेव घतानी, धन बहादुर गुरुङ, नरेश प्रजापति, पोषण घर्तीले बाद्यवादनमा साथ दिने भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु