वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७७, सोमबार

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको गायनमा आधारित रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ को उपाधि पोखराकी गायिका एलिना गुरुङले जितेकी छिन् ।

शनिबार सम्पन्न ग्राण्ड फिनालेमा एलिनाले उपाधिसंगै नगद ३५ लाख रुपैयाँपुरस्कार सहितको उपाधि जितेकी हुन् ।

प्रतियोगिताक सुरेश लामा, लक्ष्मण लिम्बु तथा सन्देस बम्जन लामा उपविजेता बन्न सफल भए । उनीहरुले नगद पाँच लाख रुपैयाँ पाए । संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल तथा गायिका अन्जु पन्त उक्त शोको निर्णायकको रुपमा रहेका थिए ।

उपाधि जिते लगत्तै गायिका गुरुङले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आफूलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘मलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैमा धेरै धेरै धन्यवाद । यहाँहरुकै अमूल्य भोटले आज म नेपाल स्टारको पहिलो संस्करणको बिजेता बन्न सफल भएकी छु । तपाईंले गरेको भोटको म कहिले पनि गुण लगाउन सक्दिन होला, तर सधैं आफ्ना गीत–संगीतले आफूलाई अगाडि राख्ने छु । धेरै धेरै धन्यवाद हजुर ।’

शोका निर्णायक रामकृष्ण ढकालले पनि गायिका गुरुङसंगथको तस्बिर शेयर गर्दै फेसबुबका बधाइ दिएका छन् ।

ढकालले लेखेका छन्– ‘नेपाल टेलिभिजनद्वारा प्रसारित पहिलो वाईवाई नेपाल स्टारकी बिजेता एलीना गुरुङलाई सफल सांगीतिक जीवनको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु