• मीठो नेपाली भजन ‘कहाँ होला बैकुन्ठ भन्ने ठाँउ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

    काठमाडौं । भजन गायक मनिष रन्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । ‘कहा होला बैकुण्ठ भन्ने ठाउँ’ बोलको भजन सार्वजनिक भजनमा मनिषको स्वर रहेको छ । भजनका शब्दहरु संकलन गरिएका हुन् ।

    भजनमा प्रकाश अधिकारीले ढोलक बजाएका छन् भने अक्टो प्याड याम पुन मगरले चलाएका छन् । त्यस्तै हार्मोनियममा सुरज भट्टराई छन् भने साउण्डमा सन्जन पौडेल रहेका छन् । भिडियोको पोष्ट प्रोडक्सन दिप टेलिभिजनले गरेको हो ।
    भजनको भिडियो समेत बनेको छ । भिडियोमा गायक मनिषले भजन गाइरहेको देखाइएको छ भने बाद्यवादन टिम पनि भिडियोमा देखिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु