• बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०८०, आईतवार

    काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ ।

    संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडियोमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ ।

    म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

    गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडियो तयार गरिएको जानकारी गराए। चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउँदा बनाएको उनको भनाइ थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु