हेर्ने गीतहरुको भीडमा सुन्ने अनि हेर्ने एउटा गीत : ‘दिलमा सजाउन छोडेँ’

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७८, सोमबार

काठमाडौं । गायक तथा संगीतकार ज्योतीप्रकाशको नयाँ गीत ‘दिलमा सजाउन छोडेँ’ सार्वजनिक भएको छ । गीतमा पछिल्लो पुस्तामा रुचाइएका गायक प्रविण बेडवालको स्वर छ । गीतको शब्द, संगीत र स्वर निकै उत्कृष्ट छ । गीत सुनिरहँदा स्रोताको कानमा र मनमा आनन्द दिन सक्ने गीतमा बिपी भुसालको शब्द र मनोहर सुनामको एरेन्ज रहेको छ ।

बेनिश थापाको निर्देशनमा तयार भएको भिडियोमा मनोज वली, प्रिती श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् । गीतको भिडियोलाई राज पोखरेलले छायांकन गरेका हुन् । भिडियो सम्पादन र कलर शिलन लम्साले गरेका हुन् । ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत वियोगान्त भावमा रहेको छ ।

लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् भने गायक प्रविण बेडवाल पछिल्लो समयमा राम्रो सम्भावना बोकेका लोकप्रिय गायक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु