चलचित्र आरुषीको धमाधम डबिङ कार्य हुँदै

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७५, शुक्रबार

काठमाडौं । समाजिक लभस्टोरीमा आधारित रहेर निर्माण गरिएको चलचित्र आरुषी यतिबेला डविङ कार्यमा रहेको छ । चलचित्रको सम्पूर्ण छायाँकन सकेर डविङमा रहेको चलचित्र आरुषी आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । निर्माता विरु गुरुङ यतिबेला डविङ कार्यका लागि काठमाडौंमा दौडधूप गरिरहेका छन् । यस चलचित्र निर्देशक उदय सुब्बा चलचित्र डविङमा टेक लिँदैमा व्यस्त छन् । यातायात व्यवसायीका रुपमा परिचित बीरु गुरुङ आफैंमा राम्रा कलाकार पनि हुन् । चलचित्र आरुषीमा निर्माणमा मात्र नभएर अभिनयमा पनि उनी देखिएका छन् ।

नाम चलेका कलाकारले मात्रै फिल्म चल्छ भन्ने मान्यताबाट टाढा रहेका निर्माता बिरु गुरुङ नयाँ क्षमतावान् कलाकारलाई लिएर चलचित्र निर्माण गर्दा पनि चलचित्र चल्ने विश्वास राख्छन् । चलचित्र आरुषीमा पनि मुख्य भूमिकामा नयाँ कलाकारहरुलाई अवसर दिएका छन् उनले । निर्देशक उदय सुब्बाको निर्देशनमा तयार भएको यो चलचित्रमा विकास चौधरी र ताराप्रकाश लिम्बूको संगीत रहेको छ । चलचित्रलाई लोकलयमा आधारित डालीमा हो डालीमा बोलको गीतले चर्चामा ल्याउने संगीतकार विकास चौधरी बताउँछन् ।
चलचित्र आरुषीमा गायक इसक राई र रमा लिम्बू मुख्य भूमिकामा देखिएका छन् भने दमन रुपाखेती, सुनिल थापा, सुरविर पण्डित, रामचन्द्र अधिकारी, उदय सुब्बा र बीरु गुरुङको अभिनय रहेको छ ।

चलचित्र आरुषी निर्माता बिरु गुरुङ र संगीतकार विकास चौधरीसँगको अन्तर्वार्ता तल हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु