बन्ने भो चलचित्र ‘चिठ्ठी’

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७८, मंगलवार
madhabraj-kharel बन्ने भो चलचित्र ‘चिठ्ठी’

काठमाडौ । माधव राज खरेलको निर्देशन तथा लेखनमा चलचित्र ‘चिठ्ठी’ को छायांकन सुरु गरिएको छ ।

काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिने छ ।

चलचित्रमा कलाकारहरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल, शान्ति प्रिय,,गोपाल ढकाल छन्दे, कन्चन चालिसे खड्ग बहादुर पुनमगर, मुस्कान लामा, मोहन निरौला, पुष्कर राउत, अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लि.को ब्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्माता कमला जोशी हुन् भने सह निर्मातामा राजन थापा रहेका छन् ।

कमेडि र थिरिलर जनरामा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक शन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मन पराउनेमा आफू बिस्वस्थ रहेको निर्देशक खरेलले बताए ।

चलचित्रमा जीवन पराजुलीको छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु