हलीको शुभसाइत गरियो, कस्तो बन्ला चलचित्र ‘हली’ ?

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं । ओम प्रतीक गुरुङद्वारा लिखित एवं निर्देशित चलचित्र ‘हली’को आज विहान शुभसाइत गरिएको छ । ज्ञानेश्वरस्थित महादेव मन्दिरमा शुभसाइत कार्यक्रमको आयोजना गरी चलचित्र ‘हली’ को औपचारिक सुरुवात भएको छ । चिरायू फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हली’ सुदूरपश्चिमको सामाजिक कथावस्तुमा निर्माण गरिन लागिएको हो ।

चलचित्रको निर्मातामा पूजा गुरुङ (गर्बी), गोविन्द लामिछाने, जस्मिन श्रेष्ठले रहेका छन् । चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक, अरुणा कार्की, विद्या कार्की, सिपी पौड्याल, अर्जुन गुरुङ, कन्चन दुलाल, महेन्द्र मैनाली, सुरेश नगरकोटी, जस्मिन श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा राहुल राईको छायांकन, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासीको कोरियोग्राफी रहने छ । जीवनाथ गौतमको मुख्यसहायक निर्देशन रहने चलचित्रको प्रोडक्शन डिजाईनर अर्जुन भुषाल हुन् ।

नायक सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले चलचित्रको मुहूर्त शट दिएका थिए । प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल एरिया लिडर बालकृष्ण वर्लाकोटीले नरिवल फोडेर चलचित्रको शुभ साईत गरिएको थियो । समसामयिक बिषयमा आधारित चलचित्रमा गाउँ समाजमा घटेका सामाजिक घट्नालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी गराए । चलचित्र डडेलधुरा, डोटी, बजाङलगायतका रमणिय स्थानमा छायाँकन गरिने एवं आगामी चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु