जापानमा प्रदर्शन हुदै फिल्म ‘सरौतोँ

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७६, शुक्रबार

काठमाडौं । नयाँ वर्ष २०२०को उपलक्ष्यमा जनवरी ४ तारिखका दिन जापानको नागोया स्थित लास्सो एभरेस्ट ईन्टरनेशनलको आयोजनामा ‘सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट’ हुने भएको थियो ।कार्यक्रममा अभिनेता तथा क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ भने यो कार्यक्रम संगै नेपालमा भब्य रुपमा प्रदर्शन गर्न सफल चलचित्र ‘सरौतो’को जापानको बिभिन्न्न शहरहरुमा प्रदर्शन हुने भएको छ । सुन्दरी नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर जापानबासी नेपालीहरुले पाउने छन् ,यो अवसरलाई नगुमाउनु हुन कार्यक्रम संयोजक राजिव लामाले अनुरोध गरेका छन । यसै कार्यक्रममा सहभागी हुन नायिका सुमी मोक्तान जापान आइसकेकी छिन उनलाई गायक एवम उक्त कार्यक्रमका संयोजक राजिव लामा र अन्य व्यक्तिहरुले स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु