चलचित्र ‘थेत्लङ’ को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

चलचित्र ‘थेत्लङ’ को ट्रेलर किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक गरिएको हो ।

चलचित्र ‘थेत्लङ’ का सङ्गीतकार समेत रहेका यादन शेर्माले स्वागत मन्तव्य दिँदै चलचित्र कस्तो भन्ने कुरा हेरेर मात्रै थाहा हुने बताएका थिए । आफुले राम्रो छ भन्दा विज्ञापन गरेजस्तो हुने बताए यद्यपि चलचित्रको लागि मेहनत भने प्रशस्त रहेको जानकारी दिएका । त्यस्तै निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए । चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले गुणस्तरीय चलचित्र ल्याउन छलफल भएको र छलफल भएको बताएका थिए । चलचित्रका मुख्य पात्र विशाल सेनेहाङले सिकिमको जाडोमा आफूलगायतले सम्पूर्णले मेहनत गरेको बताए । थेत्लङ अरुभन्दा फरक फिल्म रहेको बताए । प्रेमकथामा आधारित चलचित्र रहेको यसमा नौलोपन दिन सकिने या नसकिने त्यो च चलचित्र आएपछि थाहा हुने बताए । प्रमुख अतिथि यासेली योङहाङले थेत्लङ चलचित्र लिम्बू संकार र संस्कृतिको आखाले हेर्ने हो भने राम्रो देखिने बताए । सामुहिकतालाई अङ्गाले कुनैपनि काम फत्ते गर्न सजिलो हुने बताए । किशोर सुब्बा दुःखी निर्देशक रहेको, दौडिरहेको तर अहिलेसम्म लक्ष्यमा नपुगेको विश्लेषण गरेका थिए । ल्यापटप र कम्प्युटरमा अलमलिएको समयले आफ्नो भाषा, संस्कृति पनि अलमलियो कि भन्ने जिज्ञासा राख्दै थोरै समय दिनका लागि अनुरोध समेत गरे । उक्त चलचित्रका सङ्गीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यस्तै मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेलगायतले स्वर दिएका छन् । चलचित्रका प्रस्तुतकर्ता तथा सङ्गीतकार मनि ताम्लिङले चलचित्रको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू चलचित्र बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए । चलचित्रमा विशाल सेनेहाङका साथमा अन्य कलाकारहरु दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङलगायतकोअभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु