• यी चर्चित कलाकारको साथमा ‘नेपालगञ्ज गुञ्जने’ !

    म्यूजिक खबर
    प्रकाशित: २७ मंसिर २०७५, बिहीबार

    काठमाडौं । मध्य पुसमा ‘नेपालगञ्ज गुञ्जने’ भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रियकलाकारहरुको प्रस्तुती सहित ‘नेपालगञ्ज गुञ्जने’ भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँबर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्नलागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभलहुने भएको हो । कार्यक्रममा युवा वर्गका ढुकढुकी गायक राजेशपायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन -१ का सुरजथापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् ।

    कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको रअन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् । मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिशगौतमले बताएका छन् । अहिले प्रचार प्रसारको कामतिब्र रुपमा शुरु भएको बताईएको छ ।

    कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्गबोर्ड, ब्यानर, पोष्टरलगायतका प्रचारहरुलाई तिब्रतादिने जनाएको छ ।

    नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिने पनि बताईएको छ । नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्षभुमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थितहुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपिदिवसको रुपमा मनाउनकार्यक्रमले प्रत्यक्षभुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउने वातावरण बनाउने आयोजकले दावी गरेको छ । पुर्ण सुरक्षा ब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटनबोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्यहुने आयोजकले जनाएको छ ।

    कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिलाभौंचरमार्फत काट्न सकिनेछ । साथै टिकट बिक्रिको लागिआयोजकले स्वंयमसेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाट पनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

     

    हरिदत्तको ‘संगै संगै हिंडे पनि…..’ सार्वजनिक, हेर्नुहोस् भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु